नेपालमा पछल्लो २४ घण्टामा ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशभर ४७५२ जनामा गरिएको नमूना परीक्षणमा ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा १४७ डिस्चार्ज भएका छन् । हालसम्म ९८.५ प्रतिशत संक्रमित निको भइसकेका छन् ।
सोमबार कोरोनाबाट कसैको मृत्यु भएको छैन । हालसम्म नेपालमा ११ हजार ९५० संक्रमितको मृत्यु भएको छ ।
हाल देशभर ३ हजार १३५ सक्रिय संक्रमित छन् ।