नेकपा एमालेले सोमबार पोलिट्ब्यूरो बैठक बोलाएइको छ । बिहान ११ बजे बबरमहलस्थित कार्की ब्याङ्केटमा बैठक बस्ने एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
बैठकमा आसन्न स्थानीय चुनावको तयारीबारे छलफल हुने जनाइएको छ । त्यस्तै समसामयिक राजनीतिक परिस्थितबारे समेत बैठकमा छलफल हुने रिजालले बताए।
९९ सदस्यीय पोलिट्ब्यूरो बैठकमा चुनावी एजेण्डा के के हुने रु उम्मेद्वारको मापदण्ड कसरी तय गर्ने रु लगायतका विषयमा छलफल हुने उपप्रमुख रिजालले बताए । एमालेले पार्टीको स्थायी कमिटी बैठक बसेपछि मात्रै चुनावी एजेण्डा तय गर्नेछ ।
उम्मेद्वार पनि त्यही बैठकपछि टुंगो लगाइनेछ । त्यस्तै यहि चैत ९ र १० गते केन्द्रीय कमिटीको बैठक बस्दैछ भने १३ गते स्थायी कमिटीको बैठक बस्नेछ ।