पर्साको ठोरीमा अटो रिक्सा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
ठोरी गाउँपालिका वडा नम्बर ३ मा आज बिहान अटो रिक्सा दुर्घटना हुँदा चालक वडा नं. ४ बस्ने ३५ वर्षीय बीरबहादुर विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
रामनगरबाट विजय बस्तीतर्फ जाँदै गरेको प्रदेश २ ०३००१ ह ६२८ नम्बरको अटो रिक्सा आज दुर्घटना भएको थियो ।
दुर्घटनामा ट्याम्पोमा सवार ठोरी ३ का खेल बहादुर विश्वकर्मा र विजय सुनार सामान्य घाइते छन् ।
उनीहरूको स्थानीय मेडिकलमा उपचार गरी घर फर्किएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक एवं डिएसपी ओमप्रकाश खनालले बताए ।
मृतकको शव नारायणी अस्पतालमा पोस्टमार्टमपछि परिवारको जिम्मा लगाइएको प्रवक्ता खनालले बताए ।