नेपाली कांग्रेस वागमती प्रदेश समितिले १६ जनालाई प्रदेस समिति सदस्यमा मनोनित गरेको छ ।
काँग्रेसको विधानको दफा १३ (६) बमोजिम प्रदेश सभापति ईन्द्र बानियाँल १६ जनालाई प्रदेश कार्यसमिति सदस्यमा मनोनीत गरेका हुन् ।
प्रदेश समितिका मुख्यसचिव राजु नेपालीका अनुसार काँग्रेसको विधान बमोजिम अध्यक्षले आफ्नो अधिकार प्रयोग गरेर उनिहरुलाई मनोनित गरेका हुन् ।
मनोनित भएका १६ जना मध्ये ८ जना काठमाडौं उपत्यका भित्रैबाट परेका छन भने ८ जना अन्य जिल्लाका छन् ।
वागमती प्रदेश सदस्यमा मनोनीत हुनेहरु निम्नानुसार रहेका छन् ।
(१) छिरिङ दोर्जे लामा– काठमाडौं
(२) राजु खरेल– काठमाडौं
(३) गौरी दवाडी– काठमाडौं
(४) हरिहर अधिकारी– काठमाडौं
(५) भगवती कुमारी खड्का– काठमाडौं
(६) कृष्णलाल भँडेल– भक्तपुर
(७) रमेश कुमार वखती– ललितपुर
(८) राजेश महर्जन– ललितपुर
(९) निमा लामा– सिन्धुपाल्चोक
(१०) सन्तबहादुर प्रजा– मकवानपुर
(११) प्रभात तामाङ– रसुवा
(१२) कल्पना नेपाली– नुवाकोट
(१३) तिलकप्रसाद रुवाली– धादिङ
(१४) अर्जुन न्यौपाने– नुवाकोट
(१५) कैलाश कोइराला– चितवन
(१६) प्रभुराम श्रेष्ठ – दोलखा