यसवर्षको होली पर्वमा मधेश प्रदेशमा ५९ वटा सवारी दुर्घटना भएको छ भने दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।
मधेश प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका अनुसार प्रदेशका ८ जिल्लामा ४ सय ५६ वटा सवारी साधनलाई नियन्त्रणमा लिईएको छ ।
चैत्र ४ र ५ गते भएको उक्त दुर्घटनाहरुमा परी ४२ जना गम्भीर रुपमा घाईते भई उपचाररत छन भने ७२ जना सामान्य घाईते भई उपचारपछी घर फर्केका छन् ।
नियन्त्रणमा रहेका सवारी साधनमध्ये ६८ सवारीधनीलाई मादक पदार्थ सेवन गरेको तथा २ सय ६७ जनालाई अन्य आरोपमा कारवाही गरिएको छ, कारवाहीबाट १ लाख ६३ हजार ५ सय रुपयाँ राजस्व संकलग समेत गरिएको छ ।
कार्यालयका अनुसार कारवाहीमा परेका मध्ये सबैभन्दा बढी सिराहामा १ सय ५८ जना र सबैभन्दा कम बारामा ७ जना रहेका छन् ।