बैशाख ३० गते हुने स्थानिय निर्वाचनका लागी चैत्र २० गतेभित्र उम्मेदवारहरुको छनौट गरिसक्न जनता समाजवादी पार्टी (जसपा) ले आन्तरिक परिपत्र गरेको छ ।
जसपाले चैत्र १ गने पारित गरेको पार्टीको स्थानिय तह निर्वाचन निर्देशिकाको आधारमा उम्मेदवारहरुको चयन गर्न स्थानिय संगठनहरुलाई परिपत्र गरेको हो ।
परिपत्रमा महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका तथा वडाका लागी पार्टीबाट उम्मेदवारहरुको छनौट प्रक्रिया तत्कालै शुरु गरी चैत्र २९ गतेभित्र सम्पन्न गर्न निर्देशन दिएको हो ।
निर्देशिका अनुसार उम्मेदवारहरुको सिफारिस पार्टीको संबन्धित समितिहरुमा गरी छनौट पक्रिया सम्पन्न गर्न दिर्नेशन दिएको हो ।