राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी जेठ १६ गतेदेखि गर्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको बोर्ड बैठकले आगामी जेठ १६ गतेदेखि कक्षा १२ को परीक्षा गर्ने निर्णय गरेको अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । परीक्षा ९ दिनसम्म सञ्चालन हुनेछ ।
परीक्षाको तालिका छिट्टै प्रकाशन गर्ने र थप विवरण बोर्डको वेबसाइटमा राख्ने शर्माले बताए ।