पछिल्लो २४ घण्टामा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ५९२ जनाको पीसीआर परीक्षण गर्दा १२ र तीन हजार ३२२ जनाको एन्टीजेन परीक्षण गर्दा ३९ गरी ५१ जनामा संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा मृत्यु शून्य छ भने ३९२ जनाले कोरोना जितेका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या तीन हजार ९९६ रहेको छ ।
२४ घण्टामा २९ हजार ३९० जनाले खोप लगाएका छन् ।