आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा आयोजक युएईले नेपाल समक्ष १६९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको युएईले ४६.३ ओभरमा सबै विकेट गुमाउँदै १६८ रन बनायो ।
युएईका लागि रोहन मुस्ताफा र चन्दनग्पोयल रिजवानले ४०/४०, मोहम्मद वसिमले २१ र कासिफ दाउदले १८ रनको योगदान दिए । पाँचौ विकेटका लागि रोहन र चन्दनग्पोयलले ७७ रनको साझेदारी गर्दै युएईको पारी उकासेका थिए ।
नेपालका लागि सोमपाल कामी र करण केसीले उत्कृष्ट बलिङ गरे । सोमपालले १० ओभरमा ३९ रन खर्चेर ४ विकेट लिए ।
त्यस्तै, करणले ७.३ ओभरमा १ मेडनसहित १६ रन दिएर ३ विकेट हात पारे । सागर ढकाल, कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले एक/एक विकेट बाँडे ।