अर्थमन्त्री जनार्दन शर्माले दुई वर्षदेखि कोभिड–१९ ले थलिएको मुलुकको अर्थतन्त्र पुरानै लयमा फर्काउन विभिन्न योजना अघि बढाइएको बताएका छन् ।
ललितपुर उद्योग वाणिज्य सङ्घको ५५आँै स्थापना दिवसका अवसरमा आज उनले मुलुकको अर्थतन्त्र मजबुद बनाउने प्रयास भइरहेको उल्लेख गरे । बैंकको व्याजदरबाट समस्यामा परेका व्यवसायीको हितका लागि थुप्रै किसिमको छलफल सुरु गरिरहेको मन्त्री शर्माले बताए ।
युक्रेन र रुसबीचको युद्धका कारण मुलुकमा ठूलो असर परिरहेको उनले उल्लेख गरे ।