सुदूरपश्चिम प्रदेशसभाको नवौं अधिवेशन आगामी चैत १३ गतेदेखि सुरु गर्न प्रदेश मन्त्रिपरिषदले प्रदेश प्रमुख समक्ष सिफारिस गरेको छ।
बिहिबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले वर्षे अधिवेशन अन्त्यको ६ महिना पुग्न दुई दिनअघि हिउँदे अधिवेशन सञ्चालन गर्न प्रदेश सरकारले तयारी अघि बढाएको बताइन्।
गत असोज १५ गते देखि आठौं अधिवेशन अन्त्य भएको थियो।यस्तै आजकै बैठकले प्रदेशका सबै अस्पतालमा नयाँ व्यवस्थापन समिति नियुक्त गर्ने निर्णय गरेको हो ।
सेती प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा नरबहादुर शाह (निर्मल) नियुक्त गरिएको छ भने महाकाली प्रादेशिक अस्पतालमा कृष्णानन्द भट्ट ,टीकापुर अस्पतालमा झापटबहादुर सोडारी, अछाम जिल्ला अस्पतालमा शिव बोगटी, बाजुरामा मानबहादुर कार्की, बझाङमा सुनबहादुर सिंह, दार्चुलामा दीपक जोशी ,बैतडी जिल्ला अस्पतालमा पार्वती भट्टलाई नियुक्त गरिउको छ । डोटीमा भने नियुक्त हुने व्यक्तिको कागजपत्र प्राविधिक कारण आउन नसकेको जनाएको छ ।