बलात्कारको आरोप लागेका अभिनेता पल शाहविरुद्ध जिल्ला अदालत नवलपुरमा मुद्दा दायर भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय नवलपुरले बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा शाहविरुद्ध अदालतमा अभियोगपत्र दर्ता गरेको छ ।
मुद्दामा शाहले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ अनुसारको कसूर गरेको दाबी गर्दै दफा ३ को (ग) अनुसार सजाय माग भएको छ ।
उल्लेखित दफा अनुसार १४–१६ वर्षसम्मकी बालिकालाई बलात्कार गरेकामा १२–१४ वर्षसम्म जेल सजाय हुने प्रावधान छ ।