युक्रेनको राजधानी किभमा कर्फ्यू घोषणा गरिएको छ । बिहीबारदेखि ३५ घण्टाका लागि कर्फ्यू लगाइएको सो शहरका मेयरले जनाएका छन् ।
रुसी सेनाले राजधानी किभका आवासीय भवनलाई लक्षित गर्दै हमला गरिरहेका बेला कर्फ्यू घोषणा गरिएको हो ।
सर्वसाधारणलाई बमबारीबाट जोगिनका लागि बनाइएको आश्रयस्थलमा बस्न सरकारले आह्वान गरेको छ ।
मंगलबार रुसी सेनाको हमलामा किभमा कम्तीमा पाँचजनाको मृत्यु भएको छ । रुसी सेनाले २४ फेब्रुअरीदेखि युक्रेनमा हमला गरिरहेको छ ।