नेपाल ट्रक यातायात व्यवसायी महासंघले बाग्मती प्रदेशका मुख्य मन्त्री राजेन्द्र पाण्डेलाई ज्ञापन पत्र बुझाएको छ ।
महासंघ विभिन्न समस्या समाधानको माग राखेर ज्ञापन पत्र बुझाएको हो । महासंघले पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्धि अनुसार सात दिनभित्र वैज्ञानिक भाडादर कायम गर्न माग गरेको छ ।
ढुवानी व्यवसायीहरूले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिले व्यवसायमा परेका विविध समस्याहरूलाई तत्काल सम्बोधन गर्न ज्ञापनपत्र बुझाएका हुन् ।
महासंघले ट्रक यातायात व्यवसाय विभिन्न समस्याहरूले गर्दा व्यवसाय रूग्ण अवस्थामा पुगेको र तत्कालै ती समस्याहरू समाधान हुन नसके व्यवसाय नै बन्द गर्नु पर्ने अवस्था भएको हुँदा सरकारले तत्काल पहल नचाले देशैभर ढुवानी सेवा ठप्प पार्ने चेतावनी दिएका छन् ।

