युक्रेनसँगको युद्धको विरोध जनाउने क्रममा रुसको प्रमुख टेलिभिजन च्यानल मध्येको च्यानल वानको साँझको समयको मुख्य समाचार कार्यक्रम अवरुद्ध भएको छ ।
एक जना महिला समाचार वाचिकाको पछाडि प्लाकार्ड लिएर पुगेकी थिइन जसमा युद्ध गर्न नहुने उल्लेख गर्दै प्रोपोगान्डाको विश्वास नगर्न आग्रह गरिएको थियो ।
उक्त टेलिभिजन च्यानलले लगत्तै पहिले नै रेकर्ड गरिएको अर्को रिपोर्ट प्रसारण सुरु गरेको थियो ।
एउटा स्वतन्त्र अनुगमन समूहका अनुसार ती महिला च्यानल वानकी सम्पादक मध्ये एक हुन् । उनी पक्राउ परेको बताइएको छ ।