सत्तारुढ दल नेपाली कांग्रेसले ६ महिना लगाएर आफ्नो १४ औँ महाधिवेशन अन्तर्गतमा सबै संरचनाको नेतृत्व चयन सम्पन्न गरेको छ ।महाधिवेशनअन्तर्गत कांग्रेसले वडादेखि केन्द्रसम्म गरी सात तहको नेतृत्व चयन गर्न ६ महिना लगाएको हो ।
१४ औँ महाधिवेशन अन्तर्गत कांग्रेसले केन्द्र, सात प्रदेश, ७७ वटै जिल्ला, १६५ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्र, ३३० वटै प्रदेशसभा निर्वाचन क्षेत्र, ७५३ वटै स्थानीय तह र ६७४३ वटै वडामा नेतृत्व चयनको प्रक्रिया पूरा गरेको छ ।
संवैधानिक व्यवस्थाअनुसार गत भदौभित्रै महाधिवेशन गरिसक्नुपर्नेमा कांग्रेसले तीन महिना ढिला गरी केन्द्रीय महाधिवेशन गरेको थियो । भदौ १८ देखि वडा अधिवेशन सुरू गरेर मंसिरमा केन्द्रीय महाधिवेशन भएको थियो ।
तर, केन्द्रीय महाधिवेशन अगावै सम्पन्न गर्नुपर्ने १६ जिल्लाको अधिवेशन भने बाँकी थिए । आइतबार सिन्धुपाल्चोक र बाराको जिल्ला अधिवेशन सकिएसँगै कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गतका नेतृत्व चयन सम्पन्न गरेको हो ।
यी हुन् ७७ जिल्लाका सभापति
प्रदेश १
ताप्लेजुङ्ग – गजेन्द्रप्रसाद तुम्याहाङ
पाँचथर– रुपनारायण जवेगु
इलाम– डम्बर खड्का
संखुवासभा– दिपक खड्का
तेह्रथुम– अर्जुन तुम्बाहाम्फे
धनकुटा– दिनेश राई
भोजपुर – विनोद बान्तावा
खोटाङ– विष्णुकुमार राई
सोलुखुम्बु– नाम्गेलजाङ्बु शेर्पा
ओखलढुंगा– तेजेन्द्र खनाल
उदयपुर– हिमाल कार्की
झापा– देउमान थेवे
मोरङ– डिगबहादुर लिम्बु
सुनसरी– केदार भण्डारी
मधेश प्रदेश
सप्तरी– रामदेव साह
सिराहा– रामचन्द्र यादव
धनुषा– योगेन्द्र पञ्जियार
महोत्तरी– नागेश्वर यादव
सर्लाही – सुरेन्द्रप्रसाद सिंह
रौतहट – सुनिलकुमार यादव
बारा – राजेशराय यादव
पर्सा – जनार्दनसिंह क्षेत्री
बाग्मती प्रदेश
दोलखा – बर्मा लामा
रामेछाप – पूर्णबहादुर (कान्छाराम) तामाङ
सिन्धुली– उपेन्द्र पोखरेल
काभ्रे– तीर्थ लामा
सिन्धुपाल्चोक– जंगबहादुर तामाङ
रसुवा– पेम्बाछिरिङ तामाङ
नुवाकोट – रमेश महत
धादिङ – रामनाथ अधिकारी
चितवन – राजेश्वर खनाल
मकवानपुर – बुद्ध लामा
भक्तपुर – दुर्लभ थापा
काठमाडौँ– सबुजकृष्ण बानियाँ
ललितपुर– जितेन्द्रकुमार श्रेष्ठ
गण्डकी प्रदेश
गोरखा – नन्दप्रसाद न्यौपाने
लमजुङ – टकराज गुरुङ
तनहुँ – जितप्रकाश आले
कास्की – किशोरदत्त बराल
मनाङ – शंकर गुरुङ
मुस्ताङ– रोमीगौचन थकाली
पर्वत– युवराज जोशी
स्याङ्जा – राजु थापा
म्याग्दी – खमबहादुर गर्बुजा
बाग्लुङ – जित शेरचन
नवलपरासी पुर्व– महेन्द्रध्वज जिसी
लुम्बिनी प्रदेश
नवलपरासी पश्चिम – अर्जुनकुमार पोखरेल
रुपन्देही – रामकृष्ण खाँण
कपिलवस्तु – अब्दुल कलाम खाँ
पाल्पा – हिमालदत्त श्रेष्ठ
अर्घाखाँची – केशव श्रेष्ठ
गुल्मी – खिलध्वज पन्थी
रुकुम पुर्व – केशरमान रोका
रोल्पा – किशोर आचार्य
प्युठान – विष्णुकमार गिरी
दाङ – शंकरप्रसाद डाँगी
बाँके – नारायण गौडेल
बर्दिया – अरुणकुमार सिंह राठोर
कर्णाली प्रदेश
रुकुम पश्चिम – प्रेमप्रकाश वली
सल्यान – केशरबहादुर विष्ट
डोल्पा – दीपेन्द्रबहादुर शाही
जुम्ला – कर्णबहादुर शाही
मुगु – ऐनबहादुर शाही
हुम्ला – मोहनविक्रम सिंह
कालिकोट – अम्मबहादुर शाही
जाजरकोट – बेदराज सिंह
दैलेख – मणिराम रेग्मी
सुर्खेत – खड्ग पोखरेल
सुदूरपश्चिम प्रदेश
बाजुरा – रामसिंह रावल
बझाङ – खड्क बोहरा
डोटी – नरेन्द्रबहादुर सिंह
अछाम – पुष्पबहादुर शाह
दार्चुला – ललितसिंह बोहरा
बैतडी – चतुरबहादुर चन्द
डडेल्धुरा – भीमबहादुर साउद
कञ्चनपुर – पदम बोगटी
कैलाली – नारायणदत्त भट्ट