गृहमन्त्री बालकृष्ण खाणलाई गृह जिल्लामै कालो झण्डा देखाइएको छ ।डा. सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरूले रुपन्देहीमा कालो झण्डा देखाएका हुन् ।
नेपाली काँग्रेस क्षेत्र नम्बर १ ले रोहिणी गाउँपालिका-३ स्थित धकधईमा शनिवार आयोजना गरेको कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न जाने क्रममा गृहमन्त्री खाणलाई कालोझण्डा देखाइएको हो ।
पार्टीले उठाउँदै आएका किसानको माग सरकारले सम्बोधन नगरेकाले गृहमन्त्रीलाई धकधईमा कालोझण्डा देखाइएको जनमत पार्टीका केन्द्रीय सचिव भोपेन्द्र यादवले बताए ।