वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी जनता समाजवादी पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गरेका छन् ।
वीरगन्जको प्रसौनीविर्तामा शनिबार आयोजित कार्यक्रममा सरावगीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका छन् । २०७४ सालको स्थानीय निर्वाचनमा सरावगी तत्कालीन संघीय समाजवादी फोरमबाट मेयरमा निर्वाचित भएका थिए ।
त्यसअघि उद्योगी व्यवसायीको मात्र पहिचान बनाएका सरावगी वीरगन्ज उद्योग वाणिज्य संघको अध्यक्ष भएका थिए ।मधेस आन्दोलनताका अचानक राजनीतिमा सक्रिय भएर तत्कालीन संघीय समाजवादी फोरममा प्रवेशसँगै वीरगन्ज महानगरको मेयर चुनिएका थिए ।