मधेश प्रदेशले बेरोजगारी र अति विपन्नताका कारण समस्यामा परेका तीन जिल्लाका परिवारलाई ग्यास चुल्हो र ग्यास सिलिण्डर लगायतका सामग्री उपलब्ध गराउने भएको छ ।
भारतीय दूतावासको सहयोगमा सप्तरी, सर्लाही र रौतहटका अति विपन्न परिवारलाई सो सामग्री वितरण गरिन लागेको हो । ग्यास सिलिण्डर तथा चुल्हो लगायतका सामग्री वितरण गर्नका लागि भारतीय दूतावास र नेपाल–भारत महिला मैत्री समाज बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ।
सामग्री विवरण गर्नका लागि दूतावासले दुई करोड ५ लाख रुपैयाँ उपलब्ध गराउनु हुने र तीन वटै जिल्लाका झण्डै तीन हजार परिवारलाई सामग्री वितरण गर्ने समाजकी अध्यक्ष एवं सांसद चन्दा चौधरीले जानकारी दिइन् ।