चन्द्रकोट गाउँपालिकाले दूई छोरी जन्माउने २६ दम्पतीलाई सम्मानित गरेको छ ।
समाजमा अझै पनि छोरा नै चाहिन्छ भन्ने मानसिकता कायम रहेकाबेला छोराछोरी समान हुन् भन्ने सन्देश प्रवाह गर्न उनीहरुलाई सम्मानित गरेको गाउँपालिकाका अध्यक्ष दोर्ण खत्रीले जानकारी दिए ।
दुई छोरी जन्माई पछिल्लो छोरी १० बर्ष उमेर पूरा भएका २६ जना दम्पतीलाई सम्मानपत्रले सम्मानित गरिएको खत्रीले बताए । सम्भव भएका दम्पतीलाई नै सम्मान गरिएको र सम्भव नभएका श्रीमान वा श्रीमतीमध्ये एक जनालाई सम्मानित गरिएको गाउँपालिकाले जनाएको छ ।