संखुवासभाको मादीबाट झापाको दमक जाँदै गरेको यात्रुवाहक बस मादी नगरपालिका–६ को पुलुङस्थित सात घुम्तीमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ ।
घटनास्थलमा रहेका मादी नगरपालिका वडा नम्बर ६ का अध्यक्ष धननारायण तामाङले १३ जनाको शव निकालिएको बताए । मृतकहरुको पहिचान भइसकेको छैन ।
बिहीबार बिहान भएको दुर्घटनामा ५ जनाको जीवितै उद्धार गरिएको थियो । स्थानीयका अनुसार बसमा करिब १९ देखि २१ जना यात्रु थिए । बस सडकबाट करिब ३ सय मिटर तल खसेको थियो ।