संखुवासभाको मादीबाट झापाको दमकका लागि छुटेको बस दुर्घटना हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ ।
बिहीबार बिहान करिव ७ बजे बा ४ ख ७३५ नम्बरको बस रामबेनी भन्ने ठाउँमा दुर्घटना भएको हो । घटनामा कम्तीमा ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी लालध्जव सुवेदीले जाकारी दिए । उनले मृतकको संख्या बढ्न सक्ने बताए ।
सडकबाट बस करिव चारसय मिटर तल खसेको छ । घटनाको थप बिवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।