राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त हुनुभएका प्राध्यापक श्रीधर खत्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपतिको कार्यालय, शीतल निवासमा आज आयोजित विशेष समारोहका बीच राष्ट्रपति भण्डारीले अमेरिकाका लागि नवनियुक्त नेपाली राजदूत खत्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराइन् ।
उक्त समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।