नेपाल भारत खुला सीमा सम्वाद समुहले एक सय रुपैयाँ भन्दा वढी मुल्य पर्ने सामानको भन्सार तिर्नुपर्ने निर्णय खारेज गर्न माग गरेको छ ।
समूहका अध्यक्ष राजीव झाले एक विज्ञप्ति जारी गर्दै एक सय रुपैयाँ भन्दा वढी मुल्य पर्ने सामानको भन्सार तिर्नुपर्ने निर्णय खारेज गर्न माग गरेका हुन् ।
नेपाल सरकारले भन्सार ऐन २०६४, भन्सार नियमावली २०६४ र आर्थिक ऐन २०७८ को हवाला दिएर एकसय रुपैयाँ भन्दा बढी मुल्यको भन्सार तिर्नुपर्ने र भन्सार महसुल नतिरी समान आयात गर्द जफत हुनुका साथै कानुनी कारवाहीको दिइएको धम्की प्रति ध्यानाकर्षण भएको झाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
परापुर्वकालदेखि नै नेपाल–भारत बीच रहेको रोटी–बेटी सम्वन्धमा आघात पुर्याउने गरि गरिएको निर्णयप्रति समूहले गम्भीर आपत्ति जनाएको छ ।
‘दुई देशबीच रहेको सम्वन्ध र एक अर्का नातेदार कहाँ जाँदा कोसेली लग्नका लागि पनि भन्सार वुझाउनुपर्ने जस्ता अप्राकृतिक निर्णय खेद जनक रहेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘कोरोना त्रासदीका कारण सीमा वन्द हुँदा दुवै देशमा आ–आफना नातेदारसंग भेट गर्नका लागि भोगिएको पीडा एकातिर छ भने सम्वन्ध नै विस्थापित गर्ने गरिएको अलोकतान्त्रिक निर्णय यथाशिघ्र खारेज गर्न हाम्रो जोडदार माग रहेको छ ।’
यसप्रति सम्वन्धित निकाय तत्कालै गम्भीर नभए दबाबमुलक कार्यक्रम गर्न बाध्य हुने विज्ञप्तिमा चेतावनी दिइएको छ ।