विश्व रामसारक्षेत्रमा सूचीकृत कैलालीको घोडाघोडी सिमसारलाई चरा अभय आरण्य क्षेत्र (बर्ड सेन्चुरी) घोषणा गरिँदैछ ।
चरा तथा प्राकृतिक बासस्थानको संरक्षण गर्ने र पर्यटन विकासमा टेवा पुर्याउने उद्देश्यका साथ आउने शुक्रबार घोडाघोडी सिमसारलाई बर्ड सेन्चुरी घोषणा गर्न लागिएको हो ।
नेपालमा हालसम्म बर्ड सेन्चुरी घोषणा गरिएको क्षेत्र एउटा पनि छैन । घोषणापछि घोडाघोडी सिमसार नेपालकै पहिलो बर्ड सेन्चुरी हुने भएको छ ।