नेपाली कांग्रेस धनुषाको सभापतिका लागि भएको निर्वाचन दोस्रो चरणमा गएको छ । मंगलबार राति भएको मतगणनामा कुनै उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि निर्वाचन दोस्रो चरणमा धकेलिएको हो ।
पहिलो चरणको मतपरिणाममा सभापतिका उम्मेदवार योगेन्द्र पजियार १ हजार २४८ मत ल्याउँदै शीर्ष स्थानमा रहेका छन् । सभापतिका अर्का प्रतिद्वन्द्वी सन्तोष यादवले ८८३ मत ल्याएका छन् ।
त्यस्तै, दिनेश प्रसैलाले ६३० मत प्राप्त गरेका छन् । १५१ वटा मत भने बदर भएको छ । निर्वाचनमा कुल ३ हजार १७३ मतदाता रहेकोमा २ हजार ९१२ जनाले मत खसालेका थिए । अब दोस्रो चरणमा अब पजियार र यादवबीच प्रतिस्पर्धा हुनेछ ।