नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले महिलाले ३३ प्रतिशतमात्रै नभएर ५० प्रतिशत अधिकार पाउनुपर्ने बताएकी छिन् ।
आज मङ्गलवार एक सय १२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एमाले निकट अखिल नेपाल महिला सङ्घले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै शाक्यले अब महिलाले ३३ प्रतिशत मात्रै नभएर पुरुष सरह ५० प्रतिशत अधिकार पाउनुपर्ने बताएकी हुन् ।
उनले नेपालको कुल जनसङ्ख्याको आधाभन्दा बढी महिला भएकाले पनि पुरुष सरह ५० प्रतिशत समान अधिकारको अवधारणा बनाउनुपर्ने उल्लेख गरे ।
‘जनसङ्ख्याको आधाभन्दा बढी महिला भएको हिसाबले भन्ने हो भने अब ३३ प्रतिशत होइन ५० प्रतिशत अवधारणा लिएर अगाडि बढ्न सक्नुपर्छ । हिम्मत गर्नुपर्छ । महिलाहरूले पनि आफूलाई सक्षम बनाउँदै जानुपर्छ,’ उनले भनिन् ।
उपाध्यक्ष शाक्यले महिलाहरू इमानदार, जवाफदेही, पारदर्शी र कुशल भएकाले अबको स्थानीय तहदेखि देश हाँक्ने तहसम्म उनीहरूले आफूलाई सक्षम बनाउनुपर्ने धारणा राखिन् ।
उनले महिलारपुरुष समान रहेकाले महिलालाई हिंसा, विभेद, असमानतार दुर्व्यवहार गर्ने सबै कुरा समाप्त गर्दै महिलाहरूलाई हेर्ने दृष्टिकोण फरक बनाउन आवश्यक रहेको बताए ।