ट्रकको ठक्करबाट धनगढीमा एक किशोरीको मृत्यु भएको छ । विद्यालयबाट साइकलमा घर फर्किँदै गरेकी राजपुर १३ कि १५ बर्षिया स्वस्तिका कुवँरको मृत्यु भएको हो ।
धनगढी अत्तरिया ६ लेन खण्ड अन्तर्गत बोराडाडी मैदा मिल नजिकै साइकलमा जेब्रा क्रस गर्ने क्रममा कुवँरलाई बा २ ख ५१५५ नम्बरको ट्रकले ठक्कर दिएको थियो । त्यस लगत्तै उनलाई माया मेट्रो अस्पतालमा भर्ना गरिएको थियो । तर उनको अस्पतालमा उपचारकै क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रहरीले ट्रक सहित चालक गणेश बहादुर लामा लाई नियन्त्रणमा लिएको जनाएको छ । १५ बर्षिया स्वस्तिका त्रिभुवन माध्यमिक विद्यालयमा कक्षा ९ अध्ययनरत रहेको बुझिएको छ ।