राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले सरकारसमक्ष ६ बुँदे माग राख्दै आन्दोलनको चेतावनी दिएको छ ।
समितिले नेपाल आयल निगमसमक्ष पुनः मागपत्र पेस गरेको छ ।आफूहरूको माग पुरा नभएर चैत ५ गतेबाट आन्दोलन गर्ने चेतावनी व्यवसायीहरूले दिएका छन् ।
नेपाल एलपीग्यास उद्योग संघ, नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन तथा नेपाल पेट्रोलियम दुवानी व्यवसायी महासंघ आवद्ध व्यवसायीहरू सम्मिलित उक्त समितिले आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गरेको हो ।
समितिले पेट्रोलियम ऐन बनाई तत्काल लागू गर्नु पर्ने तथा एलपीजी विनियमावली, विक्रेता विनियमावली तथा दुवानी नियमावली सम्बन्धित व्यवसायीक संस्थाको प्रतिनिधि सहितको सहभागितामा परिमार्जन सहित संशोधन गर्नु पर्ने माग राखेको छ ।