परराष्ट्रमन्त्री नारायण खड्काले युक्रेनबाट ५३३ नेपाली छिमेकी मुलुकमा पुगिसकेको जानकारी दिएका छन् ।
सोमबार मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङमा मन्त्री खड्काले युक्रेनबाट ५३३ नेपाली सुरक्षित रुपमा बाहिरिएको जानकारी दिएका हुन् । उनका अनुसार उद्धार गरिएकाहरुमध्ये ४२७ जना पोल्याण्ड र बाँकी अन्य देशमा सुरक्षित छन् ।
नेपाली नागरिकलाई पनि उद्धार गर्न सहयोग गरेकोमा उनले भारत सरकारलाई पनि धन्यवाद दिए ।
त्यस्तै, उनले राष्ट्रसङ्घको ११ औँ आपतकालीन बैठकमा नेपाल युक्रेनको पक्षमा मतदान गरेको पनि जानकारी दिए । मन्त्री खड्काका अनुसार असंलग्न परराष्ट्र नीतिअनुसार नै युक्रेनको पक्षमा नेपाल उभिएको हो ।