जब सेन्टरको नाममा ठगी गर्ने गिरोह पक्राउ परेको छ ।
जब सेन्टरको नाममा ठगी गर्ने गिरोहलाई महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको कोटेश्वर, नयाँबानेश्वर, चाबहिल, बालाजुलगयतका स्थानबाट पक्राउ गरेको हो ।
उनीहरुले काममा जागिर लगाईदिने भन्दै फारमको ३ सयदेखि ५ सय, जब ग्यारेन्टी शुल्क १ हजारदेखि ६ हजारसम्म असुल्ने गरेको अनुसन्धानको क्रममा भेटिएको छ ।
फारम भर्नेलाई विज्ञापनमा भनेबमोजिम काममा नलगाउने तथा जागिरमा लगाई हाले पनि तोकिए बमोजिम तलब र सुबिधा नदिई केही समयमानै उक्त जागिर छोड्न बाध्य बनाउने गरेको पाइएको छ ।
साथै, कुनै एक जब सेन्टरमा फारम दर्ता गरिसकेको व्यक्तिलाई तपाईको जागिर पक्का भईसकेको छ भनेर अर्को जब सेन्टरमा पठाएर त्यहाँ समेत फारम शुल्क असुल्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।
को–को पक्राउ परे ?
१. जिल्ला अर्घखाँची छत्रदेव गा.पा. वडा नं. ६ ठुलापोखरी घर भई हाल जिल्ला भक्तपुर , लोकन्थली बस्ने का.जि. का.म.न.पा.१० नयाँ बानेश्वर स्थित Society Welfare facilities management services Pvt.Ltd. का सञ्चालक वर्ष २६ को अमर पाण्डे।
२. जिल्ला अर्घखाँची छत्रदेव गा.पा. वडा न. ६ घर भई हाल जि. काठमाण्डौ पेप्सिकोला बस्ने वर्ष ३२ को तिलकराम पाण्डे ।
३. जिल्ला लमजुङ दुधपोखरी गा.पा. २ घर भई हाल का.जि. तारकेश्वर न.पा. जरखुं बस्ने का.जि. का.म. न.पा. १६ बालाजु स्थित दुध पोखरी जब प्लेसमेन्ट एण्ड ट्रेनिङ सेन्टर का सञ्चालक वर्ष २२ को आनन्द मरहठ्ठा ।
४. जिल्ला सिराहा , सिराहा न.पा. वडा नं. १९ घर भई हाल जिल्ला ललितपुर सानोगाँउ बस्ने का.जि. का.म.न.पा. ३२ कोटेश्वर स्थित NN Multipurpose Pvt.Ltd. का सञ्चालक वर्ष २३ को विवेक यादव ।
५. जिल्ला ओखलढुङगा सिद्दिचरण न.पा.वडा नं. ३ अधेँरी घर भई हाल का.जि. कपन बस्ने का.जि. का.म.न.पा.वडा नं. ३२ आकाशेपुल स्थित -ABS Job and training Center pvt.Ltd र हलेसी सेक्युरिटी सर्भिस प्रा.लि.का सञ्चालक वर्ष २८ का अश्विन राई ।
६. जिल्ला सिन्धुली फिक्कल गा.पा. वडा नं. २ घर भई हाल जिल्ला काठमाण्डौ जडिबुटी बस्ने का.जि.का.म.न.पा. वडा नं. ३२ कोटेश्वर स्थित सिन्धु रोजगारी सेवा का सञ्चालक वर्ष २२ का घनश्याम पहाडी ।
७. जिल्ला रौतहट चन्द्रपुर न.पा. वडा नं. ४ घर भई हाल जिल्ला काठमाण्डौ जडिबुटी बस्ने का.जि. चाबहिल स्थित प्राश्ना जब ईन्टरनेशनल मल्टिप्रपोज प्रा.लि. का सञ्चालिका वर्ष २५ की सृजना लामिछाने ।
८. जिल्ला मोरङ विराटनगर उपमहानगरपालिका – ४ घर भई हाल काठमाण्डौ जिल्ला कोटेश्वर बस्ने का.जि.का.म.न.पा. ३२ कोटेश्वर स्थित Quickmandu MP Pvt.Ltd.का सञ्चालिका वर्ष ४० की ज्ञानु न्यौपाने।
९. जिल्ला रौतहट मौलापुर गाँउपालिका वडा नं.५ घर भई हाल जिल्ला काठमाण्डौ कोटेश्वर बस्ने का.जि. का.म.न.पा. वडा नं. ३२ कोटेश्वर स्थित अनमोल जब मल्टिपल प्रा. लि.का सञ्चालक वर्ष २२ का रामवचन कुमार यावद ।