माओवादीका युवा नेता रञ्जित तामाङले काँग्रेस हात्ती होइन पाणो भएको टिप्पणी गरेका छन् ।
अखिल क्रान्तिकारी पूर्व अध्यक्ष समेत रहेका तामाङले नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङलाई कटाक्ष गर्दै काँग्रेस हात्ती होइन पाणो भएको टिप्पणी गरेका हुन् ।
केही दिन अघि काँग्रेसका उपसभापति गुरुङले काङ्ग्रेसरूपी हात्ती चुनावको मैदानमा लम्किन थालेको भन्दै हात्तीको ठुलो कान देखेर केही चमेराहरू कानमा ओत लाग्न खोजिरहेको टिप्पणी गरेका थिए ।
सोही टिप्पणीको कटाक्ष गर्दै माओवादीका युवा नेता तामाङले सामाजिक सञ्जालमा भनेका छन्, ‘काँग्रेस नेता धनराज गुरुङले भने जस्तो उहाँको पार्टी हात्ती होइन,पाणो सम्म ठिकै हो, तर ध्रुवे हात्तीको जस्तै उन्माद बढी नै भयो कि ! ’
नेता गुरुङले कुनै राजनीतिक दलको नाम उल्लेख नगरेता पनि उनको अभिव्यक्ति माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीप्रति लक्षित रहेको बुझ्न सकिन्थ्यो। सत्ता गठबन्धनमा रहेका दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले गठबन्धन चुनावमा पनि सहकार्य गरेर जानुपर्ने बताइरहेका बेला उनले यस्तो टिप्पणी गरेका थिए ।