काठमाडौमा साढे एक करोड नगदसहित दुई जनालाई पक्राउ परेका छन् ।
महानगरीय अपराध महाशाखाको टोलीले नगदसहित दुई जनालाई काठमाडौंको ताहचलबाट पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए।
उनीहरूलाई प्रहरीले आइतबार पक्राउ गरेको हो।पक्राउ पर्नेमा भारतको सिलिगुरी ३२ वर्षीय अमित अग्रवाल र काठमाडौं महानगरपालिका-१३ ताहाचल बस्ने २६ वर्षीय बिकी खड्गी रहेका छन् ।
उनीहरूबाट एक करोड ५० लाख बरामद गरेको प्रहरी उपरीक्षक कोइरालाले बताए।