प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेका छन् ।
आइतबार शीतल निवासमा पुगेर प्रधानमन्त्री देउवाले संविधानको धारा ५३ अनुसार सरकारका काम र उपलब्धिसहितको वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार प्रधानमन्त्री देउवाले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्ध एवम् सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम आर्थिक वर्ष २०७७÷०७८ मा नेपाल सरकारले गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।
त्यसैगरी आइतबार नै राष्ट्रिय सुरक्षा परिषद्को अध्यक्षको तर्फबाट प्रधानमन्त्री देउवाले राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेश गरे ।
उक्त अवसरमा गृहमन्त्री बालकृष्ण खाण, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारी उपस्थित थिए ।