बलात्कार गरेको अभियोग लागेका अभिनेता पल शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
नाबालिग गायिकामाथि बलात्कार गरेको अभियोग लागेका अभिनेता शाहलाई आइतबार थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले अनुमति दिएको हो ।
जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले अनुसन्धान नसकिएका कारण थप १२ दिन हिरासतमा राख्न अनुमति लिइएको जानकारी दिए ।
१७ वर्षीया नाबालिग गायिकामाथि पटक–पटक बलात्कार गरेको उजुरी दर्तापछि ४ दिन फरार रहेका शाहले फागुन १५ मा प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए ।
उनीमाथि पोखरा, तनहुँ, चितवनलगायतका स्थानमा बलात्कार गरेको आरोप छ ।