प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोगमाथि छानबिन गर्न महाभियोग सिफारिस समिति गठन भएको छ ।
प्रतिनिधिसभाको आइतबारको बैठकले जबराविरुद्ध दर्ता भएको महाअभियोगमाथि छानबिन गर्न ११ सदस्यीय महाभियोग सिफारिस समिति गठन गरेको हो ।
समितिका सदस्यहरुः
एकबाल मियाँ
कल्याणीकुमारी खड्का
कृष्णभक्त पोखरेल
प्रमोद शाह
मिनबहादुर विश्वकर्मा
यशोधा गुरुङ सुवेदी
रामबहादुर विष्ट
रेखा शर्मा
लालबाबु पण्डित
विष्णुकुमार पौडेल
डा. शिबमाया तुम्बाहाल्फे
संसद् सचिवालय प्रवक्ता रोजनाथ पाण्डेका अनुसार यो समितिले छुट्टै कार्यविधि बनाउनेछ र त्यसका आधारमा ३ महिनाभित्र समितिले प्रतिवेदन बुझाउनुपर्ने हुन्छ ।
प्रधानन्यायाधीश जबराविरुद्ध फागुन १ महाभियोग प्रस्ताव दर्ता भएको थियो ।
प्रतिनिधि सभाको अर्को बैठक फागुन २९ गते बस्नेछ ।