प्रेस चौतारी नेपालको सुदूरपश्चिम प्रदेश अध्यक्षमा कृष्ण ओली सर्वसम्मतले चयन भएका छन् ।
शनिबार धनगढीमा भएको प्रदेश भेलाले उनको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो । समितिको उपाध्यक्षमा लिली कुँवर, महासचिवमा शिवराज भट्ट, सचिवमा नरेन्द्र कार्की, रामचन्द्र कुश्मी चयन भएका छन् ।
सदस्यहरुमा विराज रोस्यारा, इन्दु केसी, जीवन विष्ट, हरिदत्त तिवारी, ध्रुव ओझा, खेम ढुङ्गाना, सकुन्तला साउँद, हरिशचन्द्र बाग र अर्जुनसिंह ठकुरी चयन भएको जनाइएको छ ।