लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) को कलैया उपमहानगर कमिटी विस्तार भएको छ। आज कलैयामा आयोजित उक्त पार्टीको बैठकले जय प्रकाश साहको अध्यक्षतामा ५१ सदस्य नगर कमिटी विस्तार गरिएको हो।
लोसपा मधेस प्रदेशका अध्यक्ष तथा पुर्वमन्त्री जितेन्द्र सोनलको प्रमुख अतिथ्यतामा आयोजित एक कार्यक्रमका बिच नगर कमिटी विस्तार भएको लोसपा नेता सर्फुल्लाह अन्सारीले जनाएका छन्।
विस्तारित कमिटीको उपाध्यक्षमा खुर्सेद अन्सारी, धनिलाल साह सोनार रहेका छन् भने सचिवमा सुरेन्द्र राउत कुर्मी र सह सचिवमा कमलेश पटेल र मन्जुर होदा अन्सारी रहेका छन्।
कोषाध्यक्ष पछि चयन हुने गरी अन्य सदस्यहरूको टुङ्गो लागेको नेता अन्सारीले जनाए। नगर कमिटी विस्तार कार्यक्रममा लोसपा बाराका अध्यक्ष नवलकिशोर सिंह, केन्द्रीय सदस्य सञ्जय पाण्डेय, नेताहरू पिन्की यादव, शम्भु गुप्ता, शशिबाबु केशरी लगायतका सहभागी थिए।