नेपाली कांग्रेस चितवनको सभापति पदका लागि दोस्रो चरणको मतदान हुने भएको छ। शुक्रबार भएको पहिलो चरणको मतदानमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा मतदान हुन लागेको हो।
पाँच जना उम्मेदवारबीचको प्रतिष्पर्धामा राजेश्वर खनाल र मिलनबाबु श्रेष्ठले धेरै मत ल्याएका थिए।शेखर कोइराला निकटका खनालले ७ सय ४६ र शेरबहादुर देउवा निकटका श्रेष्ठले ६ सय ६२ मत ल्याएका थिए।
उनीहरू बीच शनिबार दिउँसो साढे १२ बजेपछि पुन: मतदान हुने जिल्ला निर्वाचन समितिका संयोजक ज्ञानेन्द्रप्रसाद अधिकारीले जानकारी दिए। पहिलो चरणको मतदानमा अर्का उम्मेद्वार उत्तम जोशीले ४ सय ७२, प्रा. डा सूर्यकान्त घिमिरेले ४ सय २६ र कैलाश कोइरालाले ४ सय १२ मत प्राप्त गरेका थिए।
उनीहरु तीनै जना पार्टीको केन्द्रीय राजनीतिमा देखिएको संस्थापनइतर समूहका उम्मेद्वार हुन्। उनीहरू मध्ये पनि जोशी र घिमिरे कोइराला समूहकै उम्मेद्वार हुन्। पहिलो चरणमा २ हजार ८ सय २० मत खसेकोमा १ सय २ मत बदर भएको थियो।