अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको व्याख्यात्मक घोषणासँगै संसद्बाट पारित गरिएपछि साना कम्युनिस्ट पार्टी संयुक्त आन्दोलनमा उत्रेका छन् ।
उनीहरूले एमसीसीविरुद्ध शुक्रबार काठमाडौंमा विरोध प्रदर्शन तथा आमसभा गर्दै छन् ।एमसीसीको खारेजीको माग गर्दै साना आठ वामपन्थी दल आन्दोलनका चरणबद्ध कार्यक्रम सार्वजनिक गरेका छन् ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहनविक्रम सिंह नेतृत्वको नेपाल कम्युनिस्ट पाटी (मसाल), मोहन वैद्य ‘किरण’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र र कर्णजित बुढाथोकी ‘सुशील’ नेतृत्वको नेपाल कम्युनिस्ट पाटी माओवादी समाजवादीले संयुक्त रूपमा प्रदर्शनको तयारी गरेका हुन् ।
संयुक्त विज्ञप्तिमा शुक्रबारदेखि चैत ६ गतेसम्मका कार्यक्रम सार्वजनिक गरिएको छ ।
