भोलि (बुधवार)प्रतिनिधिसभाको बैठक बस्ने भएको छ। भोलि पेश तथा प्रस्तुत हुने विषयसमेत सार्वजनिक गरिएको छ ।
सम्भावित कार्यक्रमको कार्यसूचीअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले सूचना आयोगको प्रतिवेदन पेश गर्ने कार्यक्रम छ । त्यसपछि संस्कृति, नागरिक तथा उड्ययन मन्त्री प्रेम आलेले दुई विषवस्तु प्रस्तुत गर्नेछन् ।
प्रधानमन्त्री देउवाले राष्ट्रिय सूचना आयोगको बार्षिक प्रतिवेदन पेश गर्ने भएका हुन् । मन्त्री आलेलेनृपाल नागरिक उड्डयन प्राधिकरणको विधयेक नेपाल हवाई सेवा प्राधिकरण विधयेक प्रस्ताव गर्नेछन् ।
