नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ ।
एमसीसी सम्झौतामा तीव्र असन्तुष्टि जनाएका वरिष्ठ नेता श्रेष्ठसँग हरिसिद्धि पुगेर मंगलबार दिउँसो प्रचण्डले वार्ता गरेका हुन् ।
आइतवार अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता माओवादीको समेत समर्थनमा संसदबाट पारित गरिएपछि वरिष्ठ नेता श्रेष्ठले तीव्र असन्तुष्टि जनाएका थिए । आइतवार साँझ नारायणकाजीले माओवादीको समेत समर्थनमा एमसीसी पास भएपछि कालो दिन भन्दै चर्को विरोध जनाएका थिए ।
एमसीसी पास गर्न नहुने पक्षमा रहेका श्रेष्ठबारेमा प्रचण्डले खुमलटारमै सोमबार आयोजित पत्रकार सम्मेलनमा छाडेर जानेलाई रोक्न नसकिने प्रतिक्रिया दिएका छन् ।
अर्कातिर दुई नेताबीच परस्पर बाझिने कुरा सार्वजनिक भइरहेपछि माओवादी फुट्ने आशंकाबीच प्रचण्डले नारायणकाजीलाई फकाउन खोजेका हुन् ।
एमसीसी पास गर्न नहुने अडान राख्दै आएका नेता श्रेष्ठले १२ बुँदे ब्याख्यात्मक घोषणालाई पनि स्वीकारेका छैनन् । यही विषयलाई लिएर मओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेता श्रेष्ठबीच मतभेद बढेको हो ।