सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मानव अधिकारको हकमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय काठमाडौँले आज धनगढीमा आयोजना गरेको मानवअधिकारसम्वन्धी पाँचौँ राष्ट्रिय कार्ययोजनाको कार्यान्वयन अन्तरक्रियामा उनले प्रदेश सरकारले गर्नुपर्ने कामतथा जिम्मेवारीमा आएको कुरा र संविधान तह दिएको अधिकारलाई प्रयोग गरेर मानव अधिकारको हकमा प्रतिबद्ध रहेको बताएका हुन् ।
मानव अधिकारसम्बन्धी कयौँ विषयहरू व्यवस्थित रूपबाट चलाउन तथा लागू गर्न खोज्दाखोज्दै पनि समस्या सिर्जना भएको उनले बताए ।