नेकपा (एमाले)का सांसद भीम रावलले एमसीसीको व्याख्यात्मक घोषणा ठगपत्र भएको टिप्पणी गरेका छन् ।
एमसीसीको व्याख्यात्मक घोषणामाथिको छलफलमा उनले भ्रामक घोषणा भएको दाबी गरे ।
“यो व्याख्यात्मक घोषणा होइन । यो भ्रामात्मक घोषणा हो । दुई पक्षीय सम्झौता एक पक्षीय रुपमा घोषणा गर्यौँ भनेर जनतालाई ठग्ने यो भन्दा ठगपत्र अरू केही हुन सक्दैन,” उनले भने ।