भोली (सोमबार) नेपाल बन्दको आव्हान गरिएको छ। सत्तारूढ गठबन्धनले अमेरिकी सहयोग परियोजना एमसिसी व्याख्यात्मक टिप्पणीसहित संसदबाट पास गर्ने तयारी गरिरहेका बेला बिप्लप सहित ६ दलले नेपाल बन्दको आव्हान गरेका हुन् ।
एमसीसी बिरोधि गठबन्धको आइतबार अपरान्ह बसेको बैठकले भोलि नेपाल बन्द आव्हान गरेको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले जानकारी दिए । सो समूहले एमसीसीको विरोधमा आज बेलुकी देशव्यापी मसाल जुलुस गर्ने भएको छ ।
