अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) सुदूरपश्चिम प्रदेश कमिटीको प्रथम भेला सम्पन्न भएको छ ।
नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूको शनिवार सम्पन्न प्रदेश कमिटीको प्रथम भेलाले रमेश बटालाको अध्यक्षतामा नयाँ कमिटी चयन गरिएको हो ।
जसको उपाध्यक्षमा तिलक ठकुल्ला, अर्जुन रावल,भूमिका शाही ,कृष्ण रोकाय,भानुभक्त जैसी र पुष्कर भट्ट चयन भएका छन् । यस्तै सचिव सुरेन्द्र मल्ल सह सचिवमा शङ्कर विष्ट,चेतना बोहरा, जिल्ला कमिटीको कोषाध्यक्षमा नयन कठायत चयन भएका हुन् ।
प्रथम भेलामा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रीय उपाध्यक्ष एवम् अनेना सङ्घ केन्द्रीय अध्यक्ष जयन्ती राई , पार्टीका केन्द्रीय सचिव, प्रदेश इन्चार्ज एवम् राष्ट्रिय सभा सदस्य गरिमा शाह ,अनेरास्ववियू केन्द्रीय उपाध्यक्ष युवराज कुँवर, महासचिव आरती लामा लगायतको उपस्थिति रहेको थियो ।
