प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा प्रुमख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका छन् । अहिले भेटवार्ता जारी छ ।
प्रधानमन्त्री देउवासँगै सञ्चारमन्त्री कार्की, उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापा पनि बालकोट गएका छन् । बालकोट जानुअघि देउवाले बालुवाटारमा कांग्रेसका नेताहरुसँग छलफल गरेका थिए ।
बोलकोटमा ओलीसँगै एमालेबाट महासचिव शंकर पोखरेल, उपहासचिव विष्णु रिमाललगायतका नेता छन् ।
उनीहरुबीच एमसीसी पास, संसद अवरोध हटाउनेलगायतका विषयम छलफल हुने बताइएको छ । सो क्रममा सत्ता समिकरणबारे पनि छलफल हुने सम्भावना रहेको छ ।
यसअघि अपराह्न ४ बजेदेखि बालकोटमै नेपाली कांग्रेस र नेकपा एमालेका दोस्रो तहका नेताहरूबीच छलफल भइरहेको थियो ।
सत्तारुढ दल माओवादी र नेकपा एस एमसीसी पास गर्न तयार नभएपछि कांग्रेस एमालेसँग सत्ता सहकार्य गर्न पनि तयार भएको छ ।
सत्तारुढ दल माओवादी र नेकपा एस एमसीसी पास गर्न सहायोग नगरेपछि प्रधानमन्त्री देउवाले एमालेसँगको छलफललाई तीव्रता दिइरहेका छन् ।
देउवा र ओलीबीच पटकपटक छुट्टाछुट्टै तथा सामूहिक रुपमा बालुवाटार र बालकोटमा छलफल भइसकेको छ ।