बाह्र दिनपछि बल्ल काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न थालिएको छ ।
बुधबार स्थानीय र सरोकारवालाबीचका छलफलमा तत्काल सडक निर्माणको काम सम्पन्न गर्ने सहमति भएपछि आज बिहानदेखि उपत्यकको १८ स्थानीय तहका फोहोर विसर्जन हुन थालिएको हो ।
तोकिएका समयमा सडक निर्माणको काम सम्पन्न नगरेको जनाउँदै स्थानीयको अवरोधका कारण यही फागुन १ गतेदेखि फोहोर उठ्न सकेको थिएन ।
हाल फोहोर विसर्जन गरिएको स्थान नुवाकोटको सिसडोलसम्म पुग्नेछ किलोमिटर बाटो मर्मतको काम समयमा नै सम्पन्न नगरेको जनाउँदै पासाङल्हामु राजमार्गका स्थानीयले गरेको अवरोधका कारण ती स्थानीय तहको फोहोर उठ्न नसकेको हो ।