राष्ट्रिय प्रजातन्त्र पार्टीले विभिन्न विभागीय प्रमुखहरु तोकेको छ ।
अध्यक्ष राजेन्द्र लिङ्देनले संयोजित संगठन समन्वय विभाग प्रमुखमा महामन्त्रीसमेत रहेका राजेन्द्र गुरुङलाई मनोनयन गरेका छन् भने प्रवक्ता मोहन श्रेष्ठलाई प्रचार विभाग प्रमुखको जिम्मेवारी दिएका छन् ।
त्यस्तै अर्का प्रवक्ता गोपाल दाहाललाई सम्पर्क समाज समन्वय विभाग प्रमुख र भर्खरै पार्टी प्रवेश गरेका ज्ञानेन्द्र शाहीलाई सुशासन विभाग प्रमुखको जिम्मेवारी सुम्पिएको छ । शाही पनि पार्टी प्रवक्ता हुन् ।
प्रवक्ता मोहन श्रेष्ठले बुधबार निकालेको विज्ञप्तिअनुसार प्रवास विभाग प्रमुखमा केन्द्रीय सदस्य आनन्द अधिकारी, वाणिज्य क्षेत्र समन्वय विभाग प्रमुखमा लक्ष्मी संग्रौला र खेलकुद विभाग प्रमुखमा दमन बस्नेतलाई जिम्मेवारी तोकिएको छ ।