पछिल्लो २४ घण्टामा ३१८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
कुल सात हजार ७४३ जनामा परीक्षण गर्दा पीसीआर र एन्टीजेन गरेर ३१८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पाँच हजार ५०८ जनाको पीसीआर परीक्षण गर्दा १५१ जना र दुई हजार २३५ जनाको एन्टीजेन परीक्षण गर्दा १६७ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
सोही अवधिमा ५६२ जना सङ्क्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार २४ घण्टामा एक जनाको मृत्यु भएको छ । योसँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९३१ पुगेको छ ।
हाल देशभर ९ हजार ६७८ जना सक्रिय सङ्क्रमित छन् ।